The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Monday, August 27, 2007

ँदुईखाले शरणार्थी पुनःबसोवासमा पर्दैनन्’

ग्राएम लेड
ँदुईखाले शरणार्थी पुनःबसोवासमा पर्दैनन्’

अस्ट्रेलियाका राजदूत ग्राएम लेड भुटानी शरणार्थीलाई तेस्रो देशमा बसोवास गराउन अग्रसर कूटनीतिक समुदाय 'कोर ग्रुप' का अध्यक्षसमेत हुन् । दुई वर्षअघि जेनेभामा गठित 'कोर ग्रुप' मा अस्ट्रेलियासहित क्यानाडा, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे र अमेरिका छन् । राजदूत लेडसँग सोही मामिलामा केन्दि्रत रहेर देवेन्द्र भट्टराईले गरेको कुराकानी ः

शरणार्थी मामिलालाई लिएर ँकोर ग्रुप’ गठन गर्नाको कारण के हो ?
यो सबैलाई जानकारी भएको कुरा हो कि बितेको १७ वर्षमा भुटानी शरणार्थीको मुद्दा समस्याका दिशामा कहीँ पनि पुगेन, सधैँभर ियथास्िथति र अवरुद्ध अवस्था मात्रै रह्यो । यसो हुनुमा कुन पक्ष वा कतातिर कहिले के कठिनाइ उब्जेको थियो, त्यो सबैलाई थाहा छ । तर, एक लाखभन्दा बढी शरणार्थीको मानव अधिकार र स्वतन्त्रताको अधिकार सधैँभर िकुन्ठित रहेको अनुभव हामीलाई भयो । यसमा पनि आप्रवासीको उल्लेख्य बसोवास रहेको अमेरकिा, क्यानाडा र अस्ट्रेलियालाई शरणार्थी समस्या समाधानका दिशामा काम गर्न त्यति कठिनाइ थिएन । यससँगै शरणार्थी पुनःबसोवासमा इच्छुक मुलुकको सङ्ख्या सात पुगेको हो ।

कोर ग्रुपले देखेको शरणार्थी समस्या समाधानको उपाय तेस्रो देशमा बसोवास मात्रै हो त ? यदि हो भने यो प्रक्रिया कहाँ पुग्यो ?
यसो भन्न मिल्दैन । राष्ट्रसङ्घीय शरणार्थी आयोगले शरणार्थी समस्या समाधानमा छुट्याएका तीन विकल्पमध्ये पुनःबसोवास एउटा हो । स्वेच्छिक घरफिर्तीको प्रयासमा देखिएको अवरोधका सामु तेस्रो देशको कुरा आएको हो । यसबेला सहज देखिएको उपाय भनेको तेस्रो देशमा बसोवास नै हो । प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला स्वयम्ले 'तेस्रो देशमा जान इच्छुक शरणार्थी समुदायलाई उनीहरूको इच्छा अनुसार पठाइने' सहमति दिइसक्नुभएको छ । अहिले अरू नीतिगत र पूर्वाधार तयारीसहितका चाँजोपाँजो मिलाउने काम भइरहेको छ । गृह मन्त्रालयले शिविरहरूमा थप सुरक्षा व्यवस्था गर्नासाथ निर्धारति तिथिमा अक्टोबरबाट छनोट प्रक्रिया र जनवरीबाट तेस्रो देशमा बसोवास कार्य सुरु हुनेछ । त्यसबेलासम्म नेपाल सरकारले अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन -आईओम) मा हस्ताक्षर गर्ने कार्य पनि पूरा होला भन्ने आशा छ ।


अमेरिकाले पुनःबसोवासमा लैजाने शरणार्थीको सङ्ख्या ६० हजार भनेर निर्धारण गरिसकेको छ । कोर ग्रुपका अरू मुलुकको स्थिति के छ ?
हो, अमेरकिाले ६० हजार र क्यानाडाले पाँच हजार शरणार्थी बसोवासमा लैजाने भनेर यसअघि नै कोटा निर्धारण भएको छ । अस्ट्रेलियाले पनि पक्कै निश्चित सङ्ख्यामा शरणार्थी लैजानेछ । यसबाहेक कोर ग्रुपका सदस्य राष्ट्रले शरणार्थी पुनःबसोवासमा लैजाँदाको पूर्वाधार सहयोगमा साथ दिनेछन् । यी मुलुकले लैजाने सङ्ख्या पनि निर्धारति त छ तर अन्तिम टुङ्गो लागेको छैन ।


शरणार्थीलाई तेस्रो देशमा बसोवास गराउने ँक्राइटेरिया’ के के हुनसक्छन् ?
खालि दुइटा आधारभित्र पर्ने शरणार्थीले मात्रै बसोवासका निम्ति तेस्रो देश जान पाउने छैनन् । संवेदनशील स्वास्थ्य स्िथति, जस्तै- टीबी रोगको सङ् क्रमण आदि भएका र आपराधिक गतिविधिमा संलग्न । 'आपराधिक गतिविधि' को पहिचान पनि गृह मन्त्रालय, स्थानीय प्रशासन वा शरणार्थी आयोगको मूल्याङ् कनका आधारमा हुन्छ । पुनःबसोवासमा नेपाल-भुटान सरकारले छुट्याएका शरणार्थी वर्गीकरणका चार आधार हाम्रा लागि असान्दर्भिक कुरा हुन् ।

कमजोर सुरक्षा स्थितिका कारण झापामा सम्पर्क कार्यालय खोल्न सकिएको छैन । यस्तो अवस्थामा डेढ महिनापछि अक्टोबरबाट काम सुरु हुनसक्ला त ?
प्रक्रिया सुरु गर्नुभन्दा अघि धेरै काम बाँकी छन् । प्रक्रिया सुरु भएपछि इच्छुक शरणार्थीको अन्तर्वार्ता, मेडिकल परीक्षणसहित कागजातका प्रक्रियामा समेत समय बित्नेछ । समय तोक्नेभन्दा पनि अहिले प्रक्रिया थाल्ने हतारोमा हामी छौँ ।


शरणार्थी तेस्रो देशमा बसोवास प्रक्रिया अघि बढाउनुपर्दा तपाईंहरू आश्वासनको स्वरमा भविष्यमा यी शरणार्थी ँआफ्नो घर र्फकन सक्ने’ बताइरहनुभएको छ नि ?
हो, यो सही कुरा हो । इतिहासमा यस्ता घटना दोहोरएिका छन् । केही अफगानी शरणार्थीहरू भर्खरै घर र्फकेका छन् भने सन् '७० को दशकका केही इन्डो-चाइनिज शरणार्थी पनि घर र्फकेका छन् ।

1 comment:

  1. Anonymous1:20 PM

    dear friend namaskar and jaya bhutan me madan dahal and i want to work with you u can contact me popmadan_199@yahoo.com me also working on bhutanese issue , i am starting websit www.ourbhutan.com but it is in underconstruction i need your help support and comments

    best regards
    madan dhal

    ReplyDelete