

भुटानमा दुई दलीय संसदीय अभ्यास छ । निर्वाचनसमेत दुई चरणमा हुन्छ । यसअघि ३१ मेमा सम्पन्न पहिलो चरणमा भाग लिएका पाँचमध्ये तीन दल खारेज भएका थिए । तीमध्ये एउटाले सबै क्षेत्रमा उम्मेदवार पुर्याउन नसकेपछि पहिलो चरणको निर्वाचनमै भाग लिन पाएन । अरू दुई दल तेस्रो र चौथो भएकाले पहिलो चरणबाटै बाहिरिए ।
दोस्रो चरणको निर्वाचन हुनु ११ दिनअघि भारतले भुटानलाई पेट्रोलियम पदार्थमा दिँदै आएको सहुलियत बन्द गरेको थियो । त्यसको असर निर्वाचनमा स्पष्ट देखिएको छ । सत्तारूढ दल डीपीटीले लज्जास्पद पराजय बेहोरेको छ ।
नेपालीमूलका ७ निर्वाचित भुटानमा नेपाली मूलका सात जना संसद्मा निर्वाचित भएका छन् । ती सबै पीडीपीका उम्मेदवार हुन् । निर्वाचित हुनेमा दक्षिणी भुटानको साम्ची जिल्लाबाट मात्र चार जना छन् । तिनमा रितुराज छेत्री, एमके छेत्री, डीएन ढुंगेल, टेकबहादुर सुब्बा, नवीन दर्लामी, योगेश तामाङ र गोपाल गुरुङ छन् ।
No comments:
Post a Comment