हाम्रो दमक
दमक,१७ माघ / भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग ( यूएनएचसीआर )ले शरणार्थी समस्या समाधानकालागि अन्तराष्ट्रिय मानवीय कानुनका आधारमा ल्याइएका तीन विकल्पहरु मध्ये तेस्रो देश पुर्नवासलाई मात्र कार्यान्वयनमा ल्याएर शरणार्थीहरुको एकतालाई भाड्न खोजेको आरोप लगाएको छ ।
समितिले बुधबार यहाँ एक प्रेस विज्ञप्ति निकालेर शरणार्थीहरुले चाहे अनुसार तेस्रो देश पुर्नवास, स्वदेश फिर्ती र स्थानीयकरण तीन वटै विकल्प खुला गर्ने भनिएको भएपनि तेस्रो देश पुर्नवासलाई मात्र अघि बढाएर अरु सवै विकल्प बन्द गरिएको प्रति आपत्ति जनाउदै विरोध जनाएको हो ।
समितिका अध्यक्ष डाक्टर भम्पा राई हस्ताक्षारित विज्ञप्तिमा भनिएको छ –‘यो कदमले शरणार्थीहरुको आफनो मातृभूमी फकर्ने अधिकारलाई समेत बन्द गरेर घोर अन्याय गरेको छ । ’
समितिले भुटानी राजतन्त्रले रचेको षडयन्त्रलाई नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय संस्था (युएनएचसीआर)ले पनि समर्थन गरिरहेको छ । यसैगरि विज्ञप्तिमा शिविरमा रहेका शरणार्थीहरुको इच्छालाई नबुझि अर्गनाइजेसन अफ भुट्नीज कम्युनिटि इन अमेरिकाका अध्यक्ष दिलिप दाहालको माग पत्र पनि शरणार्थीहरुको स्वदेश फिर्ताको मुद्दालाई विसर्जन गराउने षडयन्त्र भएको उल्लेख गरिएको छ ।
अध्यक्ष राईद्धारा जारी चार बुँदे विज्ञप्तिमा शरणार्थीहरुको स्वदेश फिर्ती अभियानलाई अवरोध नगर्न नेपाल सरकार र दातृ निकाय युएनएचसीआरलाई आग्रह समेत गरिएको छ ।
यसैगरि शिविरका शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती भएकाले अन्तराष्ट्रिय जगतको सहयोग लिएर भएपनि भुटानमाथि दवाव सृजना गरिदिन आग्रह समेत गरिएको छ ।
यसैगरि शिविरका शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती भएकाले अन्तराष्ट्रिय जगतको सहयोग लिएर भएपनि भुटानमाथि दवाव सृजना गरिदिन आग्रह समेत गरिएको छ ।
बुध, माघ १७, २०७४ मा प्रकाशित
http://www.hamrodamak.com/2018/01/26452/
No comments:
Post a Comment