The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Monday, June 25, 2018

सधैंको पीडा


http://nepalihimal.com/article/12704



 
- गोपाल गड्तौला

देश निकालिएको दुःख भुल्न नेपालीसँग विवाह गरेका थुप्रै भुटानी शरणार्थी महिला अहिले परिचयविहीन बन्न पुगेका छन् ।

तस्वीरहरुः गोपाल गड्तौला
मिर्गौला झिकेको ठाउँ देखाउँदै देउमाया मगर।
शिविरमा रासन पाए पनि आङ ढाक्ने कपडा र अरू थुप्रै रहर पूरा गर्न २३ वर्षीया देउमाया मगर लहैलहैमा ललितपुरको ग्वार्को आइपुगिन्। र, गलैंचा उद्योगमा काम गर्न थालिन्। यहीं भेटिए, मकवानपुरका गोपाल मगर। गोपालको मायामा उनले आफ्नो श्रीमान् समेत बिर्सिइन्। यी दुई ग्वार्कोमै डेरा लिई सँगै बस्न थाले।
२०६६ सालको एक दिन गर्भवती श्रीमती देउमायालाई वीर अस्पतालमा भर्ना गरेर बाहिर निस्किएका गोपाल फेरि अस्पताल फर्किएनन्। छेउको बेडमा एकजना बिरामीका कुरुवाले देउमायाको दुःख देखे। आफ्नो बिरामी मिर्गौला रोगी भएको भन्दै उनले मिर्गौला दिए सम्पूर्ण खर्च बेहोर्ने बताए। देउमायासामु कुनै विकल्प थिएन। “कता लगेर मिर्गाैला निकाले मलाई थाहा छैन, तर १० हजार रुपैयाँ र केही ऋण भने तिरिदिए”, उनी भन्छिन्।
शिविर छाडेर गएको ११ वर्षपछि सन् २०१३ मा देउमाया झापास्थित बेलडाँगी–३ को शरणार्थी शिविर फर्किइन्। तर, लामो समय शिविरको सम्पर्कबाहिर भएकाले उनको शरणार्थी दर्ता खारेज भइसकेको थियो। “शिविर फर्किंदा आफन्तहरू कोही थिएनन्, अहिले आठ वर्षकी छोरीसँगै बसेकी छु”, उनी भन्छिन्।
सनमाया गुरुङ (३७) चार वर्षदेखि बेलडाँगीकै शिविरमा बसिरहेकी छन्। तर, यो शिविर उनको नभई पुनर्वासमा हिंडेका आमा र दाजुले छाडेको छाप्रो हो। सन् २००५ मा काठमाडौंमा राष्ट्रसंघीय शरणार्थी आयोगको कार्यालयमा धर्ना बस्न जाँदा चिनेका धादिङका हेमन्त गुरुङसँग बिहे गर्नुअघि भने उनी झापाकै खुदुनाबारीको शरणार्थी शिविरमा बस्थिन्। डकर्मी काम गर्ने श्रीमान् बिहेको दुई वर्षपछि सनमाया गर्भवती भएको अवस्थामा एकाएक हराएपछि उनको बिचल्ली भयो। काठमाडौंको एक सम्पन्न परिवारले उनलाई सहारा दियो। अहिले सनमायाकी ९ वर्षे छोरी तिनै परिवारसँग बस्छिन्। “शिविर आउजाउ नभएकाले मेरो दर्ता खारेज भएछ, अहिले मेरो परिचय नै भएन”, उनी भन्छिन्। सनमायाका आमा, दाजु–भाउजुसहित सात जनाको परिवार भने पुनर्वास कार्यक्रम अन्तर्गत यतिबेला क्यानाडामा छ।
छिरिङमाया तामाङ।
सीता भुजेल।
भुटान सरकारको चरम यातना र त्रास खेप्न नसकेर लाखौं नेपालीभाषी सन् १९९० को शुरूआतदेखि पूर्वी नेपालको झापा र मोरङमा बसाइँ सर्न थालेका हुन्। शरणार्थी शिविरको दुईदशक लामो कहालीलाग्दो बसाइँपछि संयुक्त राष्ट्रसंघको पहलमा आठ वर्षयता एक लाखभन्दा बढी शरणार्थी तेस्रो देश पुनर्वास भइसकेका छन्। तर, शरणार्थी भएर पनि विभिन्न कारणले सूचीकृत नभएका वा नाम नवीकरण नगराएकाहरू शिविरमा परिचयविहीन बन्न बाध्य छन्। सुखी जीवनको सपना सँगालेर नेपालीसँग विवाह गर्ने देउमाया र सनमाया जस्ता थुप्रै महिला अहिले पनि शिविरमै शरणार्थी दुःख भोगिरहेका छन्।
दुःखको जुनी
'झ्ट्टै देश छाडनू' भन्ने भूटानी सेनाको उर्दीपछि सन् १९९२ को भदौरे झ्रीमा सर्भाङको कालीखोलाबाट लखेटिएका बेला टीकामाया गुरुङ १२ वर्षकी थिइन्। थुप्रै शरणार्थी झ्ैं पाँच जनाको यो परिवार झ्ापाको खुदुनाबारीस्थित शरणार्थी शिविरमा बस्यो। तर, सन् २००१ मा उनी पनि गलैंचा कारखानामा मजदूरी गर्न ग्वार्को आइपुगिन्। गलैंचासँगै टीकामाया र धादिङका जगदीश गुरुङले सम्बन्ध पनि बुने। तीन छोराछोरीका अभिभावक पनि बने। तर, सात वर्षअघिको एक दिन घरबाट निस्किएका श्रीमान् कहिल्यै फर्किएनन्। आफू र छोराछोरीको बिचल्लीपछि उनी अन्ततः सन् २०१३ मा शिविर फर्किइन्। तर, यतिबेलासम्म बाबु लालबहादुर गुरुङसहित अधिकांश आफन्त पुनर्वासमा अमेरिका गइसकेका थिए। परिवारले छाडेको छाप्रोमा बस्ने उनीसँग पनि शरणार्थी परिचयपत्र छैन।
सनमाया गुरुङ।
टीकामाया गुरुङ।
फुलमाया तामाङ।
सुखी जिन्दगी बाँच्न पाइएला भनेर सीता भुजेल (३७) ले सन् २००५ मा गुल्मी घर भई खलाँसी काम गर्ने भुपाल मगरसँग बिहे गरेकी थिइन्। त्यसपछि उनको बास बेलडाँगीको शिविरबाट बुटवल हुन पुग्यो। तेस्रो सन्तान अपाङ्ग जन्मिएपछि भने यी दुईको खटपट शुरू भयो। त्यसपछि घरबाट हिंडेका भुपालको आजसम्म अत्तोपत्तो छैन। सन् २००६ मा शरणार्थी प्रमाणीकरण गर्दा छुटेकी सीता अहिले शिविरमा सरे पनि रासन पाउँदिनन्। पुनर्वासका क्रममा उनका बाबु पदमलाल र आफन्तहरू भने अमेरिकाको भर्जिनियामा छन्।
लक्ष्मी तामाङ (४४) को जन्म दक्षिण भूटानको साम्चीमा भएको थियो। तर, उनले विवाह भने विराटनगर, मोरङका पोक्तुरे लिम्बूसँग गरिन्। दश वर्षमा तीन सन्तान जन्माएपछि श्रीमान्को यातना सहन नसकेर सन् २००८ मा उनी शिविर फर्किइन्। तर, यतिबेलासम्म शरणार्थी सूचीमा आफूलाई समावेश गर्न ढिला भइसकेको थियो। लक्ष्मीका दाजुसहितका आफन्तहरू अमेरिका पुगिसकेका थिए। सानोतिनो मजदूरी र राहत पाउने शरणार्थीहरूले बेलाबखत उबारेर दिने गरेको अन्नपातको भरमा मुश्किलले छाक टारिरहेकी लक्ष्मी भन्छिन्, “अघाउँजी नखाई रात काट्नु परेको छ।”
तीन सन्तानकी आमा फूलमाया तामाङ (४२) को पीडा पनि अलग छैन। बेलडाँगी–२ को शिविरमा बसिरहेकी उनले १६ वर्षअघि धरानका शम्भु तामाङसँग बिहे गरेकी थिइन्। तर, श्रीमान् सधैंजसो रक्सी पिएर आउँथे र फूलमाया माथि जाइलाग्थे। “धेरैपटक खोलामा डुबेर मरौं भन्ने विचार आयो तर छोराछोरीको मायाले मरिहाल्न सकिनँ”, उनी भन्छिन्। तीन वर्षअघि छोराछोरी लिएर माइतीले छाडेको शिविरको छाप्रो फर्किएकी उनी नेपाली नागरिकता वा शरणार्थी परिचयपत्रमध्ये एक भए गरिखान सजिलो हुने बताउँछिन्। पुनर्वासका क्रममा अमेरिकाको नर्थ डाकोडा पुगेका माइतीको भरथेग र शिविर बाहिरको मजदूरीबाट उनी कष्टसँग घर चलाइरहेकी छन्।
नेपाली नरबहादुर गुरुङसँग विवाह गरेकी छिरिङमाया तामाङ (३९) को बेथा पनि उस्तै छ। ग्वार्कोस्थित गलैंचा कारखानामै विवाह गरेका उनीहरू सात वर्षसम्म सँगै बसे। त्यसपछि भने श्रीमान् नरबहादुर हराए। एकजनाको कमाइले छोरा र आफू पालिन नसकेपछि सन् २०१४ मा उनी बेलडाँगीस्थित शिविर फर्किइन्। १४ वर्षको उमेरमा भूटानको सर्भाङबाट नेपाल पसेकी उनी निराश हुँदै भन्छिन्, “दुःखमा भौंतारिएर यो जुनी बित्ने रहेछ।”
शरणार्थी दर्ता गर्ने निकाय शरणार्थी समन्वय इकाईका निर्देशक समेत रहेका झ्ापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीका अनुसार, झ्ापा र मोरङका शिविरका १ हजार ६४१ जनाले शरणार्थी दर्ताका लागि आवेदन दिएका छन्। “हामी सहजीकरण मात्र गर्न सक्छौं, शरणार्थी प्रमाणित गर्ने अधिकार मन्त्रिपरिषद्लाई मात्र छ”, उनी भन्छन्। हाल शिविरमा रहेका ११ हजार ६४७ जनाले शरणार्थी राहत पाइरहेका छन् जसमध्ये करीब १ हजार ७०० पुनर्वासको प्रक्रियामा रहेको बताइन्छ।


चुनावी नतीजाले उत्साह



http://nepalihimal.com/article/1396

 


भूटानको चुनावमा सत्तारुढ दल पराजित भएपछि दुई दशकदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका भूटानीको अनुहार उज्यालो बनेको छ।

तस्वीरः गोपाल गड्तौला
दमक–११ स्थित आफ्नो क्लिनिकमा डाक्टर भम्पा राई।
“ऋतु मेरो गाउँकै पुछारमा घर भएको भाइ हो”, भूटानको नेशनल एसेम्बली चुनावमा दक्षिणको साम्ची सिब्सु क्षेत्रबाट भर्खरै निर्वाचित भएका ऋतु क्षेत्रीबारे भूटानी शरणार्थी डा. भम्पा राईले २९ साउनमा भने, “म एमबीबीएस पढ्न ढाका जाँदा ऊ माध्यमिक तहमा पढ्दैथियो।”
क्षेत्री विजय भएको खबरले सिब्सुको बाँडा गाउँबाट करीब तीन सय किलोमिटर पश्चिम नेपालको दमकमा रहेका डा. राईको अनुहार निकै उज्यालो बनाएको प्रष्टै देखिन्थ्यो। क्लिनिकमा बिरामी जाँचिरहेका डाक्टर राईले उत्साहित हुँदै भने, “लामो समय लागे पनि चुनावको यो परिणामले भूटानको तानाशाहीको उल्टो दिनगन्ती शुरू गरेको निधोमा पुगेको छु।”
दक्षिण एशियाको अन्तिम राजतन्त्रात्मक मुलुक भूटानमा गए साता ४७ सीटको संसद्का लागि भएको दोस्रो चुनावमा सत्तारुढ ड्रूक फिन्सोङ्ग छोक्पा (डीपीटी) १५ सीटमा सीमित बन्यो। पाँच वर्षअघिको चुनावमा दुई सीट मात्र जितेको पिपुल डेमोक्रेटिक पार्टी (पीडीपी) ले ३२ सीट जित्दै सत्तारुढ हुने पक्का गर्‍यो। भूटानका राजा जिग्मेले पाँच वर्षअघि आवधिक संसदीय चुनाव शुरू गराउँदै सीमित बहुदलीय व्यवस्था दिएका थिए।
शरणार्थीमा उत्साह
चुनावमा विपक्षी पीडीपी ले अत्यधिक बहुमत ल्याएको खबरले नेपालमा शरणार्थी जीवन बिताइरहेका भूटानी समुदायलाई उत्साहित बनाएको छ। अहिले झापाका विभिन्न शरणार्थी क्याम्पमा ३६ हजार ५०० भूटानी छन् भने ८० हजारभन्दा बढी पुनर्वास कार्यक्रमबाट अमेरिका, क्यानाडा लगायतका आठ मुलुक पुगेका छन्।
दक्षिण भूटानको चिराङ जिल्लाको बुढिछु ब्लकमा रहेको पुर्ख्यौली जमीन छाडेर नेपाल आएका हरिप्रसाद ओलीको भनाइमा धेरै आशा गर्ने ठाउँ नभए पनि निर्वाचनको यो परिणामले दिल्लीसँग भूटानको पुरानो सम्बन्ध कायम नरहने र दिल्लीको दबाबले त्यहाँको तानाशाहीलाई अरू कमजोर पार्ने सम्भावना बढाएको छ। ओलीले भने, “हामीलाई खेद्न साथ दिएको भारतले भूटानमा वैकल्पिक शक्ति उभ्याउँदै आफ्नो भूमिका अरू बढाउन चाहेको देखिन्छ।”
१२ वर्षको उमेरमा भूटानबाट खेदिएर शनिश्चरे शरणार्थी क्याम्प आइपुगेका नरबहादुर सुवेदी (३५) प्रजातन्त्र दिएको भ्रम विश्वलाई पार्न राजाले शुरू गराएको प्रजातान्त्रिक अभ्यासले त्यहाँको राजनीतिक मैदान केही फराकिलो बनाएको र साँच्चैको प्रजातन्त्र आउने सम्भावना बढाएको बताउँछन्।
भूटान चीनसँग लहसिएको निष्कर्षमा पुगेको भारतले पहिले दिंदै आएको केही सहयोग चुनावको मुखमा रोकेपछि भूटानी राजनीतिको दिशा बदलिएको थियो। भूटानमा सत्ता विरोधी माहोल तयार भएर चुनावमा सत्तारुढ दलले पराजय बेहोर्नु र विपक्षीले विजय हासिल गर्नुको कारण त्यही हो।
विगतमा भूटान
ब्रिटिश इण्डियाको समन्वयमा सर उगेन वाङ्चुकलाई भूटानको राजगद्दीमा राखिएको आउँदो पुसमा १०७ वर्ष पुग्दैछ। जिग्मे उनै वाङ्चुकका पाँचौं पुस्ता हुन्। बेलायतले भारत छाडेपछि पनि भारतकै सत्ताको आडमा शासन चलाएको राजतन्त्रले सन् १९९० पछि पुस्तौंदेखि बसोबास गर्दै आएका एक लाख नेपालीभाषीलाई निर्दयतापूर्वक देशनिकाला गर्‍यो। नेपालमा संगठित भएर स्वदेश फर्कन खोजेका उनीहरूलाई सीमाको पानीट्याङ्कीबाट भारतले छिर्न समेत दिएन। त्यो घटनाबाट उत्साहित भएको भूटानी सत्ता दिल्लीबाट सधैं साथसहयोग पाउने विश्वासमा अरू उद्दण्ड बन्दै गयो। तर, २००७ को निर्वाचनबाट बनेको सरकारले चीनसँग सम्बन्ध बढाउने प्रयास थालेपछि भने पहिले सहयोगी रहेको भारत नै भूटानी सत्ताको विरोधी बन्यो।
चुनावको यो परिणामले भूटान अझै केही समय भारतको घेरा र स्वार्थ बाहिर जान नसक्ने स्पष्ट पारेको छ। भारतको चाहनामा आएको निर्वाचनको यो परिणामपछि थिम्पूबाट दिल्ली धाउने राजनीतिज्ञहरूको संख्या अरू बढ्नेछ। तर, अर्को के पनि निश्चित छ भने, अबको भूटानमा दिल्ली मात्र एक्लो खेलाडी हुने छैन। भूटानी शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष समेत रहेका डाक्टर राई भन्छन्, “अब थिम्पूका लागि बेइजिङ र अरूतिर पनि राजनीतिक खिचडी पाक्न शुरू हुनेछ।”
आफूलाई हराउन भारतको प्रमुख भूमिका रहेको महसूस गरेको भूटानको पूर्व सत्तारुढ दल नै भारत विरोधी शक्तिमा रूपान्तरण हुने सम्भावना देख्ने शरणार्थी प्रकाश अधिकारी (३०) भन्छन्, “अब भारतलाई पहिले जस्तो सजिलो छैन।”
गोपाल गड्तौला, झापा

भूटानी शरणार्थी महिला आमरण अनसन

http://ujyaaloonline.com/news/1465/भूटानी-शरणार्थी-महिला-आमरण-अनसन/
गोपाल गड्तौला/उज्यालो । झापा, कात्तिक २९ - पहिचान र सहायताबाट बञ्चित भुटानी शरणार्थी महिलाले झापाको बेलडाँगी शरणार्थी शिबिरमा आमरण अनसन शुरु गरेका छन् । राहत बञ्चित शरणार्थी महिला समुहकी संयोजक दुर्गादेबी बिष्टले पहिचान र सहायता बिना छाप्राभित्र भोकभोकै छटपटाएर मर्नु भन्दा सहायता अधिकारीहरुका कार्यालय अगाडी माग राखेरै मर्न तयार भएको भन्दै आमरण अनसन शुरु गर्नुभएको हो ।
उहाँसहित आमरण अनसनमा १५ जना महिला बसेका छन् ।
यस्तै भुटानको चेम्गंग केन्द्रिय कारागारमा बन्दि जीबन बिताइरहेका भुटान गोर्खा राष्ट्रिय मुक्ती मोर्चाका उपाध्यक्ष नन्दलाल कटुवालले पनि त्यहाँ आमरण अनसन शुरु गर्नुभएको छ । १२ बर्षअघि एउटा स्वदेश फिर्ती आन्दोलन समुहको नेतृत्व गर्दै भुटान पस्नु भएका बेलडाँगी २ शरणार्थी शिबिरका कटुवाललाई भुटान प्रहरीले पक्रेर जेल हालेको थियो ।
कात्तिक २६ गतेदेखि आफु आमरण अनसनमा बसेको ब्यहोराको पत्र अन्तराष्ट्रिय रेडक्रसको जेल भ्रमण टोली मार्फत बेलडाँगी २ शरणार्थी शिबिर ब्यबस्थापन समितीको प्रशासनिक फाँटलाई पठाउनु भएको परिबारले जनाएको छ । कटुवालकी श्रीमती टंकमायाले आफना श्रीमानको  अबस्थाबारे सोधखोज गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।




विश्व शरणर्थी दिवसमा डौड प्रतियोथिता


https://lojima.wordpress.com/2009/06/08/विश्व-शरणर्थी-दिवसमा-डौड/




विश्व शरणार्थी दिवस २००९को अवसरमा झापाको दमकमा खास मानिस खास आवश्यकताहरु भन्ने मूल नाराका साथ आगामि असार ६ गते दौड प्रतियोगिता हुने भएको छ । संयुत्त राष्ट्रसंघीय मिसन नियोग यूएनएचसीआर र कारितास नेपालको लगायत झापाका २ दर्जन भन्दा बढी स्थानिय तथा गैह्र सरकारी संसथाहरुको आयोजनामा सम्पन्न हुन लागेको उत्त दौड प्रतियोगिताको उदेश्य बिगत १६ वर्ष अता नेपालमा बसोबास गर्दे भूटानी शरणार्थी र स्थानियहरु बिचको संबन्धलाई प्रगाड बनाउने रहेको आयोजकले जनाएको छ । उत्त प्रतियोगितामा १८ वर्ष उमेर पुगेका जो सुकैले पनि भाग लिन पाउने बताइएको छ । प्रतियोगि पुरुषहरुले तोपगाछी स्थित केर्ख बजार र महिलाहरुले लखनपुर स्थित नमुना चोकबाट डौड सुरु गर्ने पर्ने र दमक स्ििथत इटाभट्टमा रहेको अटोप्लाजामा अन्त्य हुने बताइएको छ । उत्त दुरी पुरुषको लागी ७ किलोमिटर र महिलाको लागी ५ किलोमिटर रहेको छ । प्रतियोगिताका सहभागीहरुमा आइपर्ने कुनै पनि प्रकारका शारिरिक समस्याहरुलाई तत्कालै उपचार गराउनेका लागी आवश्यक एम्बुलेन्स डौडका रुटहरुमा आधारभूल औषधी मोबाइलबसहरुको प्रवन्ध गरिराईने जनाइएको छ । प्रतियोगिहरुको मूल्याङ्कनको जिल्ला खेखकुद परिषदबाट १० प्रतिनिधि समेत ल्याउने तयारी गरिएको छ । दौडमा सहभागी मध्ये उत्कृष्ट १० महिलार १० पुरुषलाई सोही दिन गरिने प्रतियोगिताको समापन कार्यक्रममा पुरस्कृत गरिने छ । प्रतियोगी मध्ये पहिलो दोस्रो र तेस्रो महिला तथा पुरुषलाई नगद रु क्रमश १० ८ र ६ हजार रुपैया सहित प्रमाण-पत्र प्रदान गरिने छ । त्यसै गरि चौथौ र पाचौ प्रतियोगि महिला र पुरुसलाई ४ हजार र ३ हजार नगद सहति प्रमाण-पत्र प्रदान गरिने छ भने छैटौ देखि दशौ सम्मका महिला तथा पुरुष दुबै प्रतियोगिलाई प्रमाण-पत्र सहित १ हजार रुपैया नगद प्रदान गरिनेजनाइएको छ ।

सचिवद्धारा अन्यलाई तेस्रोमुलुक






दमक स्थित भूटानी शरणार्थी शिसिवर बेलडागीका एक क्याम्प सचिवले र्गैह्र शणर्थीहरुलाई तेस्रो मुलुक पुर्नवास गाराउने गरेको रहस्य खुलासा भएको छ । रोजगारीको सिलसिलामा घर छाडेर लामो समयदेखि सम्पर्क विहिन भएका बेलडागी-२ का देव कुमार राईको नाममा तत्कालिन शिविर सचिव मनोरथ खनालको सिफरीसमा काठमाण्डौ स्थित वानेश्वरका हिरा श्रेष्ठलाई अमेरीका पुर्नवास गराउने तयारीमा रहेको समयमा यस्तो रहस्य खुलेको हो । खनालले पारिवारिक मिलेमतोमा यस्तो थुप्रै कार्य गरिरहेको समेत खुलासुा भएको छ । सम्पर्क विहिन राई आइतकार शिविर आएपछि उनको नाममा गैह्र शरणर्थीलाई भूटानी शरणर्थी बनाई लैजाने तयारी गरिरहेको समयमा घटना सार्वजानिक भएको हो । यसरीनै गैह्र शरणर्थीलाई भूटानी शरणर्थी बनाएर तेस्रो मुलुक लैजाने कार्यमा संलग्न रहेका २ शरणार्थी सहति ४ जनालाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरि कारवाही समेत गरिसकेको जनाइएको छ ।

शरणार्थीलाई उद्दघोषण





कारितास नेपालको सहयोगमा भूटानी शरणार्थी शिविर बेलडागी ३ मा आधारभूत उदघोषण तालीम शुरु भएको छ । स्थानीय युवा मैत्री केन्द्रले आयोजना गरेको सो तालिम ११ दिनसम्म साचालन हुनेछ । तालिममा भूटानी शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रको ३५ जनाको सहभागिता रहेको छ । केशब घिमिरे गोपाल गडतोला र अर्जुन प्रधानले तालिमको सहजीकरण गरेका छन् ।

डिपी काफ्ल पुरस्कृत





भूटानी मानव अधिकारवादी डिपी काफ्लेलाई अलइन्डिया हुयमन राइट्स एशोसिएशनले यस वर्षको अन्तराष्ट्रिय मानव अधिकार पुरस्कार प्रदान गरेको छ । भारतको पंजावस्थित अमृतशरमा सम्पन्न एक समारोहबीच मानवअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर् याए वापत पीएफएचआरबी नामक भूटानी मानवअधिकार संगठनका महासचिव काफ्लेलाई सो पुरस्कार प्रदान गरिएको हो । आजको विर्तामोडमा आयोजित समारोहमा सोको जानकारी गराइएको हो । समारोहमा नागरिक माच नेपालका अध्यक्ष जिपि ढुगंेललगायत स्थानीय साचारकर्मीहरुले पुरस्कृत काफ्लेलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । सो पुरस्कार पाउने काफ्ले पहिलो भूटानी हुन् । काफ्ले विगत १८ वर्षदेखि भूटानी शरणार्थीका रुपमा नेपालमा शरणागत छन् ।

शरणार्थी मामिलामा निर्णायक वार्ता गर्ने – परराष्ट्र मन्त्री उपेन्द्र यादव


https://lojima.wordpress.com/2008/09/12/शरणार्थी-मामिलामा-निर्णा/




उपप्रधान तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवले भूटानसँग शरणार्थी मामिलामा निर्णायक वार्ता गर्ने बताएका छन् ।केही साता अघि भारतको राजधानी नयाँ दिल्लीमा भूटानी नेताहरुसँगको छलफलमा उपप्रधान मन्त्री यादवले त्यस्तो भनाई राखेका हुन् ।विमस्टेकको उपक्षेत्रीय बैठकमा भाग लिन पुगेका यादवले भूटानी विदेश मन्त्रीसँग त्यस्तो भनाइ राखेका थिए । यादवसँग भेटेर फर्किएर भुटानी नेता एस वी सुव्वाले यादवलाई उदृत गर्दै भने – तर भूटानले शरणार्थी मुद्दालाई पन्छाएर नेपाल-भूटानबिचको मित्रता मजवुत बनाउन वार्ता गरौं भन्ने प्रस्ताव पो ल्याएको रहेछ ।भूटानी शरणार्थी समस्या समाधानका लागि यस अघि १५ पटक असफल वार्ता भए । ती वार्तामा भूटान गैर जिम्मेवार र पूर्वाग्रहका साथ प्रस्तुत हुने गरेका कारण समस्याले निकास नपाएको शरणार्थीको बुझाई छ । सन् २००३ मा खुदुनाबारी शिविरमा भुटानी टोली र शरणार्थी विच असहज स्थिति उत्पन्न भएपछि नेपाल भूटानबीचको वार्ता स्थगित रहँदै आएको छ ।

बाढीका कारण १ को मृत्यु ३ घाईते

https://lojima.wordpress.com/2009/08/19/बाढीका-कारण-१-को-मृत्यु-३-घ/



अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा बुधबार झापामा एक जना भूटानी शरणार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमकस्थित भूटानी शरणार्थी शिविर बैलडाँगी-३ सेक्टर बी-फोर छाप्रा नम्बर ३३ की ४५ वर्षीया दीलमाया मगर रहेका छन । इलाका प्रहरी कार्यालय दमकले दिएको जानकारी अनुसार शिविर नजिकैको जंगलमा दाउरा काट्न गएकी मगरलाई मावा खोलाले बगाएको थियो । बुधबार विहान बगेकी उनी दिउँसो १ः ३० बजे दमक ५ को दुम्सेमा मृत भेटिएकी दमक प्रहरी प्रमुख नविन कार्कीले बताउनु भएको छ ।

त्यो घर, ती दशैँ



https://birtajyoti.com/dr-bhampa_dasain/

0
8

डा. भम्पा राई
आहा दशैँ !
तर, तीन दशक पुग्न लाग्यो, नेपाली मूलका हामी भूटानी नागरिकको जीवन नै आहत छ । नेपालका शरणार्थी शिविर र तेस्रो देशमा बसेर घर सम्झनु परेको छ । हरेक साल दशैँ आउन लाग्दा त्यो घरको सम्झना वेदना बनेर बल्झिदिन्छ ।
दशैँ नजिकिँदै आउँदा म दक्षिण भूटानको साम्ची जिल्लाको बाँडा गाउँमा रहेको त्यो घर सम्झन्छु, जहाँ म जन्मेर हुर्कें । म दिइखान पुग्ने परिवार हाँकेका आइतराज र सुनमाया राईको तेस्रो सन्तान थिएँ ।
घरमा सघाउपघाउ गर्नेहरू थुप्रै थिए । दशैँ लाग्दा खुलेका शारदीय दिनमा महिलाहरू रातोमाटो, कमेरो र गोबरले विशेष रूपमा घर लिपपोत गर्थे । तन्नेरीहरू सनपाटको लठारो बाटेर पीङ बनाउन जुट्थे । दशैँ–तिहारमा एकचोटि भुईं छोड्नुपर्छ भन्ने भनाइ थियो ।
भर्खरै सारा घरआँगन लिपपोत गरिएको माटो र गोबरको हरक, सयपत्री र बाबरीको मगमग, सिकुवामा नयाँ लुगा सिलाइरहेका दर्जीले चलाएको कलको आवाज, घरभित्र मरमसला पिस्दा निस्केको वासना, घर–घरमा चिउरा कुट्दाका ढिकीको आवाजका बीचमा दशैँ गाउँ पस्थ्यो ।
हामी राईको घरमा खसी नचल्ने, तीन वटासम्म सुँगुर काटिन्थ्यो । अटुट दूध–दहीका लागि दुई माउ दुहुना गाई घरमै हुन्थे । एक बिहान माथिको खर्कको गोठमा १५ माउ भैँसी, ६५ माउ गाई, पाडा–पाडी र बाच्छा–बाच्छी थिए । लखेटिएर हिँड्दा ती त्यतिकै छाडिए ।
हाम्रो गाउँको देव्रेपट्टि जलढका र दाहिनेपट्टि तोदे खोला थियो । दशैँ विदामा हामी त्यहाँको कन्चन पानीमा बाँकटे हान्थ्यौँ, माछा मारेर ढुंगामा सुकाएको, घर ल्याएर अँगेनोमा पोलेर नून–खुर्सानीमा चोेप्दै खाँदाको स्वाद यो जिब्रोले यो जुनीमा भुल्दैन ।
हामी कहिले खेल्दाखेल्दै सिरान डाँडामा पुग्थ्यौँ । त्यहाँबाट तलतिर हेर्दा जलढका र तोदे खोलाबीचको फाँटभरि देखिने पाक्दै गरेको धान र चरिरहेका बस्तुभाउ सम्झँदा अहिल्यै पुगिहालुँ जस्तो लाग्छ ।
जलढका र तोदे खोलाकै बीचमा थियो हाम्रो तीन मुरी बीउ लाग्ने घुमाउने खेत, पाँचपाथी बीउ लाग्ने अंके खेत, आठपाथी बीउको खोपीखर्क खेत र १४ पाथी बीउको मसले खेत ।
एक सिजनमा ३० मन जति अलैँची निस्कने अलैँचीबारी र मकै, भटमास, कोदो रोपिने पाखो बारी पनि प्रशस्त थियो । घरसँगै गोबर मल मात्र भेटेका आरू, सुन्तला, मेवा र केरा बगान थियो ।
खेत र बारीका कान्लाहरूमा नाइटे ज्यामिर प्रशस्त थिए । ढिकुटीभरि धान, गोठभरि गाईबस्तु, वरिपरि फलफूलको बगान र बाह्रैमास उब्जाउ दिइरहने रसिलोभरिलो खेतबारी थियो हाम्रो ।
दशैँको टीकाको दिन बुबा र आमाले हामीलाई पालैपालो सेतो टीका लगाइदिनुुहुन्थ्यो । त्यसपछि ठूलो बरण्डामा वरिपरि बसेर नयाँ धानको नरम चिउरासँग दशैँका परिकार खाइन्थ्यो । घरमा टीका थाप्न आउने आफन्तहरूको लर्काे छुट्थ्यो ।
हामी पनि टीका लगाउन मामाघर जान्थ्यौँ । त्यसबेला मानेको दशैँ, हाँसखेल गर्दै बिताएका दिन, दगुर्दै नाघेका कान्ला, सुवानी माली गाई, बोकिहालौँ जस्ता बाच्छाबाच्छी, आफूसँगै भाग बस्ने कुकुर र बिराला आज मसँग छैनन् । छ त केवल तिनको सम्झनाले हुण्डरी चलाइदिने एउटा हृदय !
गाउँबाटै स्कूल फाइनल गरेपछि सन् १९६८ मा एमबीबीएस पढ्न गुहाटी गएँ । फर्केर थिम्पू जनरल हस्पिटलमा काम गरेँ ।
पछि बाङ्लादेशको ढाका विश्वविद्यालयबाट एफसीपीएस डिग्री लिएपछि १९७७ बाट छुका जलविद्युत् परियोजनामा मेडिकल अधिकृत भएँ, शाही नातेदारहरूको पनि डाक्टर बनियो ।
त्यस अवधिमा निश्चय नै गाउँघरसँगैको सम्बन्ध पातलियो, तर हरेक वर्ष दशैँ मनाउन त घरै पुगियो । त्यही घर जहाँ बाबुआमाले हामी सात सन्तान जन्माएर हुर्काउनुभयो ।
१९९० तिर भूटानमा नेपालीभाषीमाथि सरकारी दमन बढ्यो । त्यसको विरोध गर्दा राज्य नै दुश्मन बन्यो । आज मेरा एक दिदी र दुई बहिनी भूटानमा छन् ।
आमाबाबु र कान्छी बहिनी नेपालको शिविरमा दिवंगत भए । भाइ बलराजको परिवार अमेरिकामा पुनर्वास भयो । तर, म र एक दिदी भूटान नै फर्कन चाहन्छौँ, आफ्नै बाँडा गाउँमा ।
यो मेरो आत्माको अडान हो । त्यहाँको घर, खेतबारी, खोला, डाँडापाखा, वन सबैले बोलाइरहेको मेरो मनले सुनिरहेको छ ।
प्रस्तुतिः गोपाल गडतौला
हिमाल खबरपत्रिकाबाट
प्रतिक्रिया व्यक्त गर्नुस्