भूटानी मानव अधिकारवादी डिपी काफ्लेलाई अलइन्डिया हुयमन राइट्स एशोसिएशनले यस वर्षको अन्तराष्ट्रिय मानव अधिकार पुरस्कार प्रदान गरेको छ । भारतको पंजावस्थित अमृतशरमा सम्पन्न एक समारोहबीच मानवअधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर् याए वापत पीएफएचआरबी नामक भूटानी मानवअधिकार संगठनका महासचिव काफ्लेलाई सो पुरस्कार प्रदान गरिएको हो । आजको विर्तामोडमा आयोजित समारोहमा सोको जानकारी गराइएको हो । समारोहमा नागरिक माच नेपालका अध्यक्ष जिपि ढुगंेललगायत स्थानीय साचारकर्मीहरुले पुरस्कृत काफ्लेलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । सो पुरस्कार पाउने काफ्ले पहिलो भूटानी हुन् । काफ्ले विगत १८ वर्षदेखि भूटानी शरणार्थीका रुपमा नेपालमा शरणागत छन् ।
No comments:
Post a Comment