The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Sunday, July 23, 2006

ON A MARCH TO THIRD COUNTRY

भुटानी शरणार्थी समस्या(GMT)


स्वदेश फिर्तीबाहेकको विकल्प पनि खोज्न आग्रह

नेपाल समाचारपत्र
काठमाडौं
संयुक्त राष्ट्रसंघ सहायक महासचिवसरहका राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग
-यूएनएचसीआर) का सहायक उच्चायुक्त जुदी चेङ हप्किन्सले भुटानी शरणार्थी समस्या समाधानका लागि स्वदेश फिर्तीबाहेकका विकल्प पनि खोजिनुपर्ने धारणा राख्नुभएको छ।

नेपालको चारदिने भ्रमणको अन्त्यमा शनिबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै बहुसंख्यक शरणार्थीहरूको इच्छाविपरीत राष्ट्रसंघको शरणार्थी हर्ेर्ने उच्च निकायका अधिकारीले सो धारणा राख्नुभएको हो।

ँस्वदेश फिर्ती, तेस्रो देशमा लग्ने र स्थानीय स्तरमा नेपालमा मिलाउनेमध्येका तीनवटै विकल्प खोजिनर्ुपर्छ’, उहा“को भनाइ थियो- ँकुन विकल्प रोज्न शरणार्थी तयार छन् भनेर हामीले र्सर्भे पनि गरिरहेका छौं।’

भुटानी नेताहरूले शरणार्थी आफनै देशमा र्फकन इच्छुक रहेको बताउने गरेको प्रसंगमा राखिएको जिज्ञासामा शरणार्थी शिविरको पनि भ्रमण गरेकी हप्किन्सले भन्नुभयो- ँत्यस्तो होइन। शरणार्थी अरू विकल्प पनि रोज्न इच्छुक छन्।’

नेपालमा नया“ सरकार बनेको र यो मामिला हर्ेर्ने नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा पनि निकै सुझबुझ भएकोमा आफू आशावादी भएको उल्लेख गर्दै हप्किन्सले भन्नुभयो- ँ१६ वर्षभइसक्यो। यो समस्या गम्भीर भएको छ। यसमा एकले अर्कालाई आरोप लगाउनेभन्दा पनि समस्या समाधान गर्न लाग्नर्ुपर्छ।’
उहा“ले भुटानी शरणार्थी शिविरमा जनगणना गराउने बारेमा समेत नेपाल सरकारस“ग सहमति भएको उल्लेख गर्दै कुनै शरणार्थी तेस्रो मुलुकमा जान इच्छुक भएमा थुप्रै अन्तर्रर्ााट्रय समुदाय सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो।
यो समस्यामा भारतले असहयोगी भूमिका खेलेको सर्न्दर्भमा राखिएको जिज्ञासामा उहा“ले भुटानी शरणार्थी समस्या समाधानमा भारतको भूमिका निश्चय पनि महत्त्वपूण्ा हुने उल्लेख गर्दै थप भनाइका लागि यूएनएचसीआरका नेपाल प्रमुख अब्राहम अब्राहमलाई आग्रह गर्नुभयो। अब्राहमको भनाइ थियो- ँभारतले दुइ पक्षीय रूपमा नै समस्या समाधानको पहल भइरहेकोमा तटस्थ बस्न चाहेको देखिएको छ।’ यूएनएचसीआरको भारतस“ग काठमाडौं, नया“ दिल्ली र न्युयोर्कसम्म छलफल भएको छ। शरणार्थी फिर्ता हुने स्थितिमा रुट उपलब्ध गराउने वचन भारतले दिएको छ।
हप्किन्सले एक प्रसंगमा नेपाल-भुटानीबीच भइरहेको दुइ पक्षीय वार्ता नरोक्नसमेत आग्रह गर्नुभयो।
१६ जनालाई अमेरिका र क्यानडा
विभिन्न यातनामा परेका १६ जना भुटानी शरणार्थी महिला र बालबालिकालाई अमेरिका र क्यानडामा बसोबास गर्न जाने व्यवस्थाका लागि नेपाल सरकारस“ग सहमति भएकोसमेत हप्किन्सले जानकारी दिनुभयो।

उहा“ले आŠनो भ्रमण गम्भीर समस्याको रूपमा रहेको भुटानी शरणार्थीबारे केन्द्रित भएकाले तिब्बती शरणार्थीबारे कुरा हुन नपाएको उल्लेख गर्नुभयो। उहा“लाई ५ हजार तिब्बती शरणार्थीलाई अमेरिकामा स्थायी बसोबासका लागि लग्न लागिएको बारेमा जिज्ञासा राखिएको थियो। हप्किन्स शनिबार नै प्रस्थान गर्नुभएको छ।


LEADERS REFUSE

शरणार्थी नेताको असन्तोष(GMT)

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च अधिकारीले राखेको धारणाबारे शरणार्थी नेताले भने असन्तोष व्यक्त गरेका छन्। भुटान पिपुल्स पार्टर्ीी अध्यक्ष बलराम पौडेलले शनिबार झापाबाट नेपाल समाचारपत्रस“ग भन्नुभयो- ँस्वदेश फिर्तीबाहेकका विकल्प शरणार्थीलाई मान्य हु“दैन।’
उहा“ले १६ जना यातनापीडित शरणार्थीलाई अमेरिका र क्यानडा पठाउने भनेर पनि षड्यन्त्र हुन लागेको उल्लेख गर्दै भन्नुभयो- ँभुटानले दिएको यातनाको प्रमाण मेटाउन उनीहरूलाई पठाउन लागिएको छ, यो राम्रो भएन।’

No comments:

Post a Comment