The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Monday, June 25, 2018

भूटानी शरणार्थी महिला आमरण अनसन

http://ujyaaloonline.com/news/1465/भूटानी-शरणार्थी-महिला-आमरण-अनसन/
गोपाल गड्तौला/उज्यालो । झापा, कात्तिक २९ - पहिचान र सहायताबाट बञ्चित भुटानी शरणार्थी महिलाले झापाको बेलडाँगी शरणार्थी शिबिरमा आमरण अनसन शुरु गरेका छन् । राहत बञ्चित शरणार्थी महिला समुहकी संयोजक दुर्गादेबी बिष्टले पहिचान र सहायता बिना छाप्राभित्र भोकभोकै छटपटाएर मर्नु भन्दा सहायता अधिकारीहरुका कार्यालय अगाडी माग राखेरै मर्न तयार भएको भन्दै आमरण अनसन शुरु गर्नुभएको हो ।
उहाँसहित आमरण अनसनमा १५ जना महिला बसेका छन् ।
यस्तै भुटानको चेम्गंग केन्द्रिय कारागारमा बन्दि जीबन बिताइरहेका भुटान गोर्खा राष्ट्रिय मुक्ती मोर्चाका उपाध्यक्ष नन्दलाल कटुवालले पनि त्यहाँ आमरण अनसन शुरु गर्नुभएको छ । १२ बर्षअघि एउटा स्वदेश फिर्ती आन्दोलन समुहको नेतृत्व गर्दै भुटान पस्नु भएका बेलडाँगी २ शरणार्थी शिबिरका कटुवाललाई भुटान प्रहरीले पक्रेर जेल हालेको थियो ।
कात्तिक २६ गतेदेखि आफु आमरण अनसनमा बसेको ब्यहोराको पत्र अन्तराष्ट्रिय रेडक्रसको जेल भ्रमण टोली मार्फत बेलडाँगी २ शरणार्थी शिबिर ब्यबस्थापन समितीको प्रशासनिक फाँटलाई पठाउनु भएको परिबारले जनाएको छ । कटुवालकी श्रीमती टंकमायाले आफना श्रीमानको  अबस्थाबारे सोधखोज गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।




No comments:

Post a Comment