The Sorry Saga of Bhutan's North

The Sorry Saga of Bhutan's North
Click over the map to know the differences

Monday, June 25, 2018

विश्व शरणर्थी दिवसमा डौड प्रतियोथिता


https://lojima.wordpress.com/2009/06/08/विश्व-शरणर्थी-दिवसमा-डौड/




विश्व शरणार्थी दिवस २००९को अवसरमा झापाको दमकमा खास मानिस खास आवश्यकताहरु भन्ने मूल नाराका साथ आगामि असार ६ गते दौड प्रतियोगिता हुने भएको छ । संयुत्त राष्ट्रसंघीय मिसन नियोग यूएनएचसीआर र कारितास नेपालको लगायत झापाका २ दर्जन भन्दा बढी स्थानिय तथा गैह्र सरकारी संसथाहरुको आयोजनामा सम्पन्न हुन लागेको उत्त दौड प्रतियोगिताको उदेश्य बिगत १६ वर्ष अता नेपालमा बसोबास गर्दे भूटानी शरणार्थी र स्थानियहरु बिचको संबन्धलाई प्रगाड बनाउने रहेको आयोजकले जनाएको छ । उत्त प्रतियोगितामा १८ वर्ष उमेर पुगेका जो सुकैले पनि भाग लिन पाउने बताइएको छ । प्रतियोगि पुरुषहरुले तोपगाछी स्थित केर्ख बजार र महिलाहरुले लखनपुर स्थित नमुना चोकबाट डौड सुरु गर्ने पर्ने र दमक स्ििथत इटाभट्टमा रहेको अटोप्लाजामा अन्त्य हुने बताइएको छ । उत्त दुरी पुरुषको लागी ७ किलोमिटर र महिलाको लागी ५ किलोमिटर रहेको छ । प्रतियोगिताका सहभागीहरुमा आइपर्ने कुनै पनि प्रकारका शारिरिक समस्याहरुलाई तत्कालै उपचार गराउनेका लागी आवश्यक एम्बुलेन्स डौडका रुटहरुमा आधारभूल औषधी मोबाइलबसहरुको प्रवन्ध गरिराईने जनाइएको छ । प्रतियोगिहरुको मूल्याङ्कनको जिल्ला खेखकुद परिषदबाट १० प्रतिनिधि समेत ल्याउने तयारी गरिएको छ । दौडमा सहभागी मध्ये उत्कृष्ट १० महिलार १० पुरुषलाई सोही दिन गरिने प्रतियोगिताको समापन कार्यक्रममा पुरस्कृत गरिने छ । प्रतियोगी मध्ये पहिलो दोस्रो र तेस्रो महिला तथा पुरुषलाई नगद रु क्रमश १० ८ र ६ हजार रुपैया सहित प्रमाण-पत्र प्रदान गरिने छ । त्यसै गरि चौथौ र पाचौ प्रतियोगि महिला र पुरुसलाई ४ हजार र ३ हजार नगद सहति प्रमाण-पत्र प्रदान गरिने छ भने छैटौ देखि दशौ सम्मका महिला तथा पुरुष दुबै प्रतियोगिलाई प्रमाण-पत्र सहित १ हजार रुपैया नगद प्रदान गरिनेजनाइएको छ ।

No comments:

Post a Comment